सगरमाथादेखि के–टु सम्मको सफल आरोहणकर्ता टिकाराम गुरुङ, संघको नेतृत्वका लागि मैदानमा

काठमाडौं : मकालु हिमालको काखमा वि.सं. २०३१ सालमा जन्मिएका अनुभवी आरोही तथा पर्वतीय पर्यटन व्यवसायी टिकाराम गुरुङ नेपाल पर्वतारोहण संघ (NMA) को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका छन्। गुरुङले तीन दशकभन्दा बढी समयदेखि हिमाल आरोहण र पर्वतीय पर्यटन क्षेत्रको विकास, प्रबर्द्धन तथा संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

सगरमाथा, माउन्ट के–टु, मनास्लु, चो–यु, आमादब्लम लगायतका विश्वप्रसिद्ध हिमालहरू सफलतापूर्वक आरोहण गरेका गुरुङ हिमाल संरक्षण, सफाइ अभियान र जलवायु परिवर्तनको असर न्यूनीकरणमा निरन्तर आवाज उठाउँदै आएका छन्। उनी आरोहीहरूको हितका लागि कल्याणकारी कोषमार्फत विभिन्न योजना कार्यान्वयन गर्ने दृढ संकल्पसहित चुनावी मैदानमा उत्रिएका हुन्।

mostbet

उनका मुख्य लक्ष्य र योजनामा आरोहीहरूको जीवन सुरक्षा र अवकाशपश्चात् सहजीकरण, दुर्घटनामा परेकाहरूको शीघ्र स्वास्थ्य उपचार, आरोहीका बालबालिकालाई गुणस्तरीय शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण तालिम सञ्चालन, हिमाल सफाइ अभियानलाई दिगो बनाउने, सामाजिक सुरक्षा प्रणालीमार्फत पेन्सन सुविधा लागू गर्ने, विदेश पलायन रोक्दै स्वरोजगारको अवसर सिर्जना गर्ने, पोखराको अन्तर्राष्ट्रिय संग्रहालय र ककनीको Mountain Memory Park लाई पर्यटकीय केन्द्रमा परिणत गर्ने, मनाङस्थित Mountaineering School लाई विश्वस्तरमा स्तरोन्नति गर्ने लगायतका विषय समावेश छन्।

नेपाल पर्वतारोहण संघमा यसअघि कोषाध्यक्ष र सचिवको भूमिकामा रही सफल कार्य सम्पादन गरेका गुरुङको विशेष पहलमा विनाशकारी भूकम्प, हिमपहिरो र कोभिड–१९ जस्ता चुनौतीपूर्ण समयमा पनि आरोही र पर्यटन क्षेत्रका लागि उल्लेखनीय योगदान पुगेको छ।

३० वर्षभन्दा बढीको अनुभव, स्पष्ट वक्तृत्व, सहज पहुँच र युवालाई स्वदेश फर्केर पर्वतीय पर्यटनमा संलग्न गराउने प्रतिबद्धतालाई आफ्नो बल मानेका गुरुङले निर्वाचनमा कुलबहादुर गुरुङ नेतृत्वको समूहबाट प्रतिस्पर्धा गर्दै मतदातासँग समर्थनका लागि अपील गरेका छन्।