
काठमाडौं : ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँकै ५५ वर्षीय रमेश शाही रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
उनका अनुसार, डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु भएको हो ।प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो ।
शाही बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनको मृत्यु भएपछि स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
अहिले प्रहरी वृत्त सातदोबाटोमा विद्युत् प्राधिकरणका प्रतिनिधि, ठेकेदार, मृतकका आफन्तसहित छलफल भइरहेको छ ।