
काठमाडौः गीतकार संघ नेपालको १६ औं स्थाापना दिवसको अवसरमा यहि जेठ १४ गते बुधबारका दिन पिंगलास्थान स्थित वेष्ट वेष्टर्न प्लस होटलमा श्रष्टा सम्मान कार्यक्रम आयोजना हुने भएको छ ।
उक्त कार्यक्रममा नेपाली गीत लेखनमा साधनारत अग्रज गीतकार गणेश रसिकलाई नगद रु.१,५१,०००।–सहित ताम्रपत्र र दोसल्ला ओढाएर अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिनुका साथै यस वर्षको डायस्पोरा गीतकार सम्मान गीतकार सङ्घ नेपाल २०८१ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पुर्याएका हाल अमेरीकाको टेक्सासमा बसोबास गर्ने गीतकार दिलिप योञ्जन तामाङ लाई नगदरु.१५,०००।– सहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । साथै यस वर्ष विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान–२०८१ बाट मगर भाषाका गीतकार सञ्जोग लाफा मगर लाई नगद रु.२५,२५२।– सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ । .यस वर्ष साहित्य,गीत, संगीत जस्ता बौद्धिक सम्पत्तिको संरक्षण गर्नका लागि प्रतिलिपि अधिकारलाई कार्यान्वयन गर्न काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारीमा रही उल्लेखनीय योगदान पुर्याएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङलाई बौद्धिक सम्पत्ति संरक्षण सम्मान गीतकार सङ्घ नेपालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ । .सङ्घमा आवद्ध सदस्यहरु मध्ये ८० बर्ष भन्दा जेष्ठ गीतकार हरिभक्त बुढाथोकीलाई नगदरु.५,५५१।–सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ । .सङ्घको आजीवन सदस्य गीतकार एलेन ठुलेले सङ्घको कार्यालय सञ्चालनको लागी जिन्सी सामान सहयोग गरेकामा गीतकार सङ्घ नेपालले उनलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिने बताइएको छ ।

.साथै सङ्घमा आवद्ध सदस्यहरुले २०८१ सालका लागि दर्ता हुन आएका गीतहरु मध्येबाट भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल २०८१ सालका लागी निम्न उत्कृष्ट १० (दश) गीतहरु रहेका छन् :
१. म त सिधा साधा छु – डा.ओम कृष्ण प्रसाई
२. कुन दैबको साइतमाजन्मेछु – ध्रुव खनाल
३. आमा– डम्बर यक्सो
४. मुटुमा सजाई राखे – मनुहाङ किराँती सोलु
५.आमा तिमी भगवानको – राम भट्टराई
६. अरवी सपना – सुरेश थापा
७. कोपिलाको पुकार – सरला श्रेष्ठ
८.साकेला सिलिमाना चौला–अमरदीप सुनुवार
९. न त तिमी फूल हौँ – सुनिता बस्नेत थापा
१०. तिमीलाई के भनी – सरोज अर्याल
सङ्घमा आवद्ध सदस्यहरुले २०८१ सालका लागी दर्ता हुन आएका गीत पुस्तकहरु मध्येबाट जगत मर्दन थापा बर्ष गीत पुस्तक पुरस्कार गीतकार सङ्घ नेपाल–२०८१ का लागी उत्कृष्ट ३ गीत पुस्तकहरु निम्न रहेका छन् :
१.कोलाजगीत – हिमांशु राय
२.अंशियार – त्रिविक्रम पाण्डे
३. साईमा स्यामुना – दिलिप राई सगर
भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल २०८१ सालका लागी छनौट गरिएका उत्कृष्ट १० गीतहरु मध्येबाट समितिले सर्बोकृष्ट छनौट गरेको गीतलाई नगद पुरस्कार रु.५७,०००।– र जगत मर्दन थापा बर्ष गीति पुस्तक पुरस्कार गीतकार सङ्घ नेपाल–२०८१ सालका लागी छनौट गरिएका उत्कृष्ट ३ गीति पुस्तकहरु मध्येबाट समितिले सर्बोकृष्ट छनौट गरेको गीति पुस्तकलाई नगद पुरस्कार रु.५७,०००।– सहित पुरस्कृत गर्ने गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले बताए ।