साकेला नाच्दै काठमाडौंको टुडिखेलमा पनि मनाइयो उभौली (फोटो फिचर)

काठमाडौं : किराँत समुदायले शनिबार  धुमधामका साथ साकेला उभौली चाड मनाएका  छन् ।

भूमि, पितृ र अन्नको पूजाआजा गरी यो चाड मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले शनिबार  टुडिखेलमा विशेष  कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पर्वको अवसरमा साकेला नाचेर रमाइलो गरेका छन् ।

mostbet

अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस् भन्ने कामनाका साथ प्रकुतिको पूजा गरी यो पर्व मनाउने गरिएको किराँत समूदायका अगुवाहरु बताउँछन् । प्रकृतिको पूजाआजा गरे बालीनाली सप्रने किराँत समूदायको धार्मिक विश्वास रही आएको छ ।

साकेला थानमा पितृभूमिको पुजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । यो चाड अन्नबाली छर्ने बेला अर्थात् बैशाख र अन्नबाली भित्र्याउने बेला मंसिर पूणिर्मामा २ पटक दुई महिनासम्म मनाउने चलन छ ।

यसै अवसरका किराँत समुदायहरुले आपसमा सुःख, शान्ति र समृद्धिको कामनासहितको शुभकामना आदानप्रदान पनि गर्ने गर्दछन् ।

नेपालमा राई, लिम्बु, याक्खा र सुनुवारहरु किराँत समुदायमा पर्दछन् । उनीहरुले आफ्नो इतिहासलाई जोगाई राख्न पनि यो चाडलाई भव्य रुपमा मनाउने गरिएको बताएका छन् ।

    

फोटो : सन्तोष निरा