सरकारले फेरि भन्यो : नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने छ

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने विषय पुनः दोहोर्‍याएको छ ।

पछिल्ला केही वर्षयता सरकारले यो विषय नीति तथा कार्यक्रममा छुटाएको छैन । तर, कार्यान्वयनमा समेत जान सकेको छैन ।

mostbet

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा विभाजन गर्ने दुई विधेयक संसद्को यसै अधिवेशनबाट पारित गर्ने घोषणा सरकारले गरेको छ । यी विधेयक संसद्‍मा दर्ता भइसकेका छन् ।