
काठमाडौं : क्यापिटल एफ.एम.92.4 मेगाहर्जमा प्रसारण हुदै आएको नेपाल भाषाको कार्यक्रम लायकू नेवाः ज्याझ्वः पुचः १२ वर्ष पुरा गरी १३ औं वर्ष प्रवेश गरेको अवसरमा सनिवार भव्य कार्यक्रमको आयोजना गरी केहि व्यक्तीहरुलाई सम्मानित गरिएको छ ।
शनिवार ललितपुरको झम्सीखेलस्थीत झम्सीखेल गार्डेन रिफ्रेसमेन्ट नेवाः तुच्चा क्यवमा भएकोे कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,कलाकार यमन श्रेष्ठ, पवित्र कसाः ,विजयरत्न असवरे, रामकृष्ण खड्गी ((जुजु) ,भिमसेन रिसाल लगायत कलाकार,पत्रकार, खेलाडी,साहित्यकारहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रम क्यापिटल एफ एम.92.4 मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरिएको थियो भने सो कार्यक्रममा शुभकामना दिदै वरिष्ठ कलाकाकर मदनकृष्ण श्रेष्ठले लायकू नेवाः ज्याझ्वः पुचःले नेपालभाषाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने यसरी नेपालभाषाको कार्यक्रम रेडियोमा लामोसमयदेखि प्रसारण हुन धेरै ठूलो कुरा भएको बताए ।
त्यसैगरी कार्यक्रममा लायकू नेवाः ज्याझ्वः पुचः कार्यक्रमका अध्यक्ष राजुराजदेव बज्राचार्यले पछील्लो समय रेडियो मानिसहरुले सुन्दैनन भन्ने कुरा आफुलाई विश्वास नलागेको बताए अहिले पनि रेडियोप्रेमीहरु उतीकै हुनुहुन्छ र यस्ता भाषागत कार्यक्रम भने लगातार लिन पछील्ले समय अलि गाह्रो छ किन की पहिले रेडियोमात्र एउटा सशक्त सञ्चार माध्ययम थियो र अहिले अनलाईन लगायत मिडियाले गर्दा विज्ञापनदाताहरुको रोजाई अलि कम पर्ने गरेको छ रेडियोमा तर पनि हामीले लगातार यो कार्यक्रमलाई हाम्रो भाषा,संस्कृति जोगाउनु पर्छ भनेर अगाडी बढाईरहेका छौ । आगामी दिनमा हामी हाम्रा सहयोगी संस्थाहरु,विज्ञापनदाता लगायत सम्पूर्णलाई धन्यवाद दिदै यसरीनै सधै साथ सहयोगको अपेक्षा गरेकाछौं ।
कार्यक्रममा करिब विभिन्न क्षेत्रका १५ जना व्यक्तीत्वहरुलाई सम्मानित गरिएको थियो भने १० जनालाई प्रशंसापत्र वितरण गरिएको थियो ।
कार्यक्रम संञ्चालन अनिता डंगोल र तुल्सी प्रजापतीले गरेका थिए ।
फोटो फिचर

