युवा नेता समाजसेवी प्रेम लामाले कोरोना सङक्रमीत दलित अपांग परिवारलाई खाद्यान्न प्रदान

श्रीकृष्ण पहरी

काभ्रे :भुम्लु गाउँपालिका वडा न.६ कोलातीभुम्लु ६का एकै परिवारमा ३जना कोरोना सङक्रमीत भएर घरमै आईसुलेसनमा बसिरहेका छन । कोरोना सङक्रमीत परिवारलाई खाद्यान्न अभाव भए पछि जिल्ला समन्वय समिति काभ्रेको प्रवक्ता तथा युवा नेता प्रेम लामाले दलित अपांग परिवारलाई १ महिना पुग्ने चामल दाल तेल चिनी लगायतको खाद्यवस्तु कोलातीभुम्लुको युवा समाज सेवि सुजन पहरी र राजु लामाको समन्वयमा खाद्यान्न उपलब्ध गराएका छन ।

mostbet

जनताहरुको दुख सुखमा सधैंभरि सगसगै रहेको युवा नेता प्रेम लामाले बताए अघिल्लो लकडाउन भएको बेला पनि कोसीपारी भुम्लुका नागरिकहरुलाई निस्शुल्क बससेवा उपलब्ध गराएका थिए
समाजसेवि सुजन पहरी राजु लामाले जनताको दुखमा अमुल्य सहयोग गरेर मलमपटी लगाएको भन्दै कोलातीभुम्लुको जनताको तर्फबाट धन्यवाद दिएका थिए ।