सेन्ट जोसेफ इङलिस एकेडेमीले मनायो २५ औं वार्षिकोत्सब तथा रजत जयन्ती (फोटोफिचर)

 

काठमाडौ : काठमाडौको बुढानिलकण्ठ-७ गोल्फुटारमा अबस्थित सेन्ट जोसेफ इङलिस एकेडेमीले २५ औं वार्षिकोत्सब तथा रजत जयन्ती तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । शनिवार विद्यालयको प्रा ङगढमा भएको कार्यक्रममा करिब पाँच सय भन्दा धेरै अभिभावकहरुको विचमा कार्यक्रम सम्पन्न भएको थियो ।

mostbet

कार्यक्रम प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाकी नगर उप प्रमुख अनिता लामा रहेकी थिइन ।उनले कार्यक्रममा बोल्दै पछिल्लो समय नेपालको शिक्षामा जति पनि प्रगती भएको छ ती सबै नीजी विद्यालयले गर्दा नै भएको छ ।केहिको मुखबाट निजी स्कुलले फी बढी लिए भन्न्ने गुनासो आएको हुदा हाल नगरपालिकाले अनुगमन गरिरहेको र कुनै पनि विद्यालयले जथाभावी शुल्क नलिन पनि आग्रह गरिन ।उनले भनिन अब विद्यालयहरुले परिक्षामा नतिजा राम्रो ल्याउनेतिर मात्रै जोड दिनु भन्दा विध्यार्थीहरुलाई व्यबहारिक शिक्षा दिनुपर्ने कुरामा जोड दिइन र उनले अहिलेको आवश्यकता नै सीपमूलक शिक्षा हो तेसैले हामीले अब तेतातिर ध्यान दिनु जरुरी छ । तेसै गरि उनले स्कुलले गरेको प्रगतिको बारेमा पनि प्रशमसा समेत गरेकी थिइन ।

विद्यालयका प्रिन्सिपल डम्बर केसिले विद्यालयको विगत, वर्तमान र भावी योजनाको बारेमा विद्यालयले प्राप्त गरेको शैक्षिक सफलता साथै प्रगतिको बारेमा प्रकाश पार्दै यो विद्यालयले राष्ट्रको समृद्धि र उन्नतिको लागि शैक्षिक जनशक्ति उत्पादन गर्ने र सस्कार सहितको गुणस्तरीय शिक्षा समायानुकुल ज्ञान र सीप मुलक शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको जनाउदै तेसको सफलताको लागि अभिभावक ,सदैव साथ ,सहयोग र्समन्वय आवश्यक रहेकोले आफ्ना सन्ततिलाई समय साम्पेक्ष शिक्षा दिन सेन्ट जोसेफ स्कुल सिकाइको उत्कृष्ट थलो हो भन्ने कुरामा ढुक्क हुन उनले सबै अभिभावकहरुलाई आग्रह गरे ।

कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक शान्ति भण्डारी न्यौपानेले दिएकि थिइन ।भने कक्षा पिजी,नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुले आफ्नो सीप,कला र रुचि अनुसारका क्रियाकलापसहित उत्कृष्ट नृत्य,गायन,तेकवान्दो,सचेतनामूलक नाटक पर्दशन गरेका थिए । त्यसैगरी विद्यालयकी शिक्षिकाहरुले राष्टिय गीतमा उत्कृष्ट नृत्य गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथी बागमती प्रदेश प्याब्सनका सदस्य खेमराज घिमिरे,काठमाडौ प्याब्सनका सचिब एवम फ्युजन स्कुलका प्रिन्सिपल कृष्ण भण्डारी,प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठ र बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष एवम् बुढानिलकण्ठ प्याब्सनका सचीव कृष्ण प्रसाद लामिछाने लगायत विभिन्न व्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदघोषण विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अजित काफ्लेले गरेका थिए ।

 

हेर्नुहोस फोटो