
दैलेख : महाबु गाउँपालिकाका निवर्तमान अध्यक्ष स्व.लछुमन गुरुङको दोश्रो स्मृति दिवस आज विभिन्न कार्यक्रमगरी मनाइएको छ ।
लछुमन गुरुङ स्मृति प्रतिष्ठान र लछुमन गुरुङ स्मृति अक्षय कोषको आयोजनामा आज माघ २७ गते महाबु गाउँपालिका २ स्थीत श्री जगदीश माध्यमिक बिधालय , ऐराडिमा विशेषकार्यक्रम गरि मनाइएको हो ।
लछुमन गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष भीमबहादुर थापाले लछुमन गुरुङको व्यक्ति, व्यक्तित्व र योगदानबारे बोल्दै प्रतिष्ठानको जन्म र उद्देश्य स्पष्ट पारेका थिए। साथै लछुमन गुरुङले आधा सताप्दी भन्दा लामो संघर्षबाट स्थापित गरेको गर्विलो ईतिहास सहितको विरासतलाई निरन्तरताको जिम्मेवारी आफ्नो काँधमा आएको र सम्पुर्णलाई लछुमन गुरुङको निष्ठा, आदर्श र सत्कर्मको मार्गमा अघि बढ्न आव्हान गर्दै कार्यक्रम माथी प्रकाश पारेपछी कार्यक्रम सुरु भएको थियो।
रामकृष्ण गुरुङले कार्यक्रममा सबैलाई स्वागत गरेका थिए।आजै सम्पन्न भएको ूस्मृतिमा स्व. लछुमन गुरुङ विषयक वक्त्तृत्वकला प्रतियोगितामा महाबुका सम्पुर्ण बिधालयबाट आएका प्रतियोगीहरुले लछुमन गुरुङको जन्म,जीवन,योगदान र सपनाबारे उत्कृष्ट प्रस्तुति दिएका थिए।
लछुमन गुरुङको नाममा श्री जगदीश माबी ऐराडिमा स्थापना गरिएको स्मृति अक्षय कोषको जेहेन्दार छात्रवृत्ति(पुरस्कार) वितरण कार्यक्रम समेत भएको थियो । जहाँ स्व.गुरुङका भाइ एवं स्मृति अक्षय कोषका अध्यक्ष कृपाराम गुरुङले बिधालयलाई यो स्थान सम्म ल्याउन लछुमन गुरुङले ठूलो योगदान गरेका र समाज सुधारमा आफ्नो जीवन समर्पण गरेको कुरा वताएका थिए।
साथै स्व.गुरुङका दाजु दल बहादुर गुरुङले उनलाई स्मरण गर्दै कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद आभार व्यक्त गरिरहँदा सबैका गहभरी आँसु थिए।
कार्यक्रममा प्रतिष्ठानका सदस्य झलकबहादुर भण्डारीले उनको सपना र विचारहरुलाई प्रतिष्ठानबाट निरन्तर अघि बढाउने बताउदै कार्यक्रममा उपस्थीत सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे।
पालिकाका उपाध्यक्ष मन्जु कुमारी शर्मा पाण्डेले आफ्नो अभिभावक गुमाएको पीडा व्यक्त गर्दै उनको अभाव सधै खट्किरहने बताए।
पालिका प्रमुख जंग बहादुर शाहीले आफ्नो धारणा राख्दै उहाँसङ्ग ०५४ सालदेखि नै निरन्तर संगत गरेको बताए। साथै यो मेरो कार्यकाल उहाँकै भएको र उहाँकै अधुरा कामहरु पुरा गर्ने बताए।
कार्यक्रममा कर्णाली प्रदेशका पुर्व उधोग,वन, पर्यटन तथा वातावरण मन्त्री मा.कृष्ण कुमार बिसीको प्रमुख आथित्यता रहेको थियो भने महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही,उपाध्यक्ष मन्जु कुमारी शर्मा पाण्डे,लगाएत वडा अध्यक्षहरु,पालिकाका कर्मचारीहरु, नेपाली काङ्ग्रेस दैलेखका सभापति मणिराम रेग्मी, नेपाली कांग्रेस महासमिति सदस्यहरु भुपेन्द्र शाही, र गणेश उपाध्याय लगाएतका विशिष्ट व्यक्तित्वहरु साथै गाउँका बुद्धिजिवि,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक,अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
