बागलुङमा कम ताैलका अक्सिजन सिलिन्डर,जनताको स्वास्थ्य माथि खेलवाड


राजेशचन्द्र राज भण्डारी

बागलुङ : गण्डकी प्रदेशको पहिलो काेराेना अस्पताल धौलागिरि अस्पताल बागलुङमा भर्ना भएका काेराेना संक्रमित बिरामी लाई अक्सिजनकाे अभाव भएको भन्दै दिनहुँजसो अक्सिजन सिलिन्डर र नगद सहयोग भइरहेको समयमा बागलुङमा अक्सिजन सिलिन्डर मापदण्ड बिपरित कम ताैलकाे भित्रीन थालेपछि बिरामीको मृत्यु दर बढेर जान थालेको छ ।

mostbet

काेराेना भाइरस काेभिड -१९ काे दाेस्राे भेरिएन्ट फैलिएपछि काेराेना संक्रमित बिरामीको लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डरमा समेत व्यापक अनियमितता हुन थालेको सुचनाकाे आधारमा बागलुङ भित्रीएका अक्सिजन सिलिन्डरको ताैल चेकजाँच गर्दा कम ताैलका सिलिन्डर फेला पारेको थियो ।

जिल्ला प्रशासन कार्यालय ,बागलुङ नगरपालिका राष्ट्रिय उपभोक्ता मन्च ,स्वास्थ कार्यालय समेतको संयुक्त अनुगमन टाेलीले बागलुङ सदरमुकाममा रहेको मेडिकल पसलमा अनुगमन गर्दा अक्सिजन सिलिन्डर मापदण्ड बिपरित कम ताैलकाे फेला परेको अक्सिजन कम हुदा अस्पतालमा बिरामीको मृत्यु हुन पुगेको बागलुङ नगरपालिकाकम नगर प्रमुख जनक पाैडेलले बताए ।

स्वास प्रस्वासका समस्या भएका बिरामीको लागि अति आवश्यक पर्ने अक्सिजन सिलिन्डर ताैल गर्दा प्रत्येक सिलिन्डरमा ५ केजी देखि ७ केजी सम्म ताैल फेला परेपछि सपलाही गर्ने कम्पनी लाई कार्वाहीकाे लागि प्रमुख जिल्ला अधिकारी लाई अनुरोध गरेको उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

यस्तो काेराेनाकाे महामारीमा समेत जनताको स्वास्थ माथि खेलवाड गर्ने ब्यक्ति लाई कार्वाही गर्नुपर्ने बागलुङका जनताले माग गरेका छन् ।

काेभिड १९ काे महामारीमा अक्सिजनकाे ब्यापार गर्ने ब्यवसायीले पुरै पैसा लिएर कम ताैलकाे अक्सिजन बिक्री गर्ने काम गर्दा अस्पतालमा बिरामीको मृत्यु भइरहेको चन्द्र बहादुर थापाले बताए ।
बागलुङको लागि अक्सिजन सिलिन्डर सप्लाइ गर्ने
अन्नपूर्ण सर्जिकलले पाेखरादेखि बागलुङ सम्म ल्याउने काम आफुले गरिरहेकाे तर यसको प्राविधिक ज्ञान भने नभएको डिलर युवराज पुनले बताए ।

बागलुङ जिल्लाकाे लागि कालीगण्डकी अक्सिजन प्रालि मार्फत अन्नपूर्ण सर्जिकलले अक्सिजनकाे खाली सिलिन्डर पाेखरा लगेर रिफिल गरेर ल्याउने गरेको छ ।अहिले अक्सिजनकाे धेरै माग भएको कारण कम्पनी बाट पठाएको अक्सिजन कम ताैलकाे भित्रीने गरेको देखिन्छ ।

अस्पतालमा बिरामी लाई लगाउदै आएको अक्सिजन सिलिन्डर छिटो सकिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बागलुङ नगरपालिका ,राष्ट्रिय उपभोक्ता मन्च र स्वास्थ कार्यालय बागलुङले संयुक्तरूपमा बजार अनुगमन गरेको थियो ।

काेराेनाकाे महामारीको समयमा जनताको जिउ धनमाथी खेलवाड भइरहेको सुचनाकाे आधारमा अनुगमन गर्दा अक्सिजन सिलिन्डर र अक्सिमिटरमा मुल्य मेडिकल पसल पिच्छे फरकफरक पाइएको सबै प्रमुख जिल्ला अधिकार लाई प्रतिवेदन लेखेर बुझाएको छ ।