जिल्ला अस्पताल बैतडीले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने

नरेन्द्र विष्ट
बैतडी :जिल्ला अस्पताल बैतडीले आइतबार देखि ओपिडी सेवा शुरु गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै अस्पतालले कोरोना संक्रमणका कारण बन्द रहेको ओपिडी सेवा लगायतका अन्य सेवा असार १३ गते आइतबारबाट सञ्चालन आउने जनाएको हो ।

अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या शून्यमा झरेसंगै नियमित ओपिडी सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिएका छन। कोरोनाका कारण बन्द भएका सबै सेवाहरु आइतबारबाट सञ्चालनमा आउने उनले बताए ।

mostbet

आइतबार देखि ओपीडी सेवा नियमित रुपमा प्रवाह गरिने जनाउदै जिल्ला अस्पताल बैतडीले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर सेवा लिन सबै नागरिकहरुलाइ आग्रह गरेको छ ।कोभिड—१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जिल्ला अस्पताल बैतडीले ओपिडी सेवा बन्द गरेको थियो ।