काभ्रेमा आज १७६ जना निको , ८० संक्रमित थपिए


काभ्रे :काभ्रेमा आज ८० जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १७६ रहेको छ। आज १८ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा १ जनाको मृत्यु भएको छ।

mostbet

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार २८० पुगेको छ।

यस्तै निको हुनेको संख्या ८ हजार ३९९ र मृत्यु हुनेको संख्या २११ पुगेको छ।