धादिङ्गको गंगा जमुना गाउपालिकालाई नगद १५ लाख सहयोग

के.आर.अधिकारी क्षेत्री,

धादिङ्ग :धादिङ्गको गंगा जमुना गाउँपालिकालाई हेफर प्रोजेक्ट नेपाल तथा सहयात्री समाज नेपालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि काम गर्न रु १५ लाखको चेक हस्तान्तरण गरेको छ ।

mostbet

उक्त सस्थाहरुले विशेष गरि गंगा जमुना गाउँपालिका वडा नं.५ फुलखर्कमा संचालन भईरहेको १० वेडको कोभिड आइसोलेसन सेन्टरको लागि सहयोग गरेको जनाएको छ ।

उक्त गाउँपालिकालाई रु १५ लाखको चेक हस्तान्तरण सहयात्री समाज नेपालका अध्यक्ष गिता खनालले गरेकी थिइन ।

उक्त आइसोलेसन सेन्टर सन्चालानार्थ आवश्यक स्वास्थ्य सामाग्रीहरु तथा मेडिकल उपकरणहरु, कन्सन्ट्रेटर, थर्मोमिटर, नेवुलाईजर, अक्सिजन सिलिण्डर, सर्जिकल पन्जा, सर्जिकल मास्क लगायतका औषधीजन्य सामाग्रीहरु खरिद गर्ने गरि रकम उपलब्ध गराईएको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले बताइन।

हाल गंगा जमुना गाउँपालिका भरी सकृय संक्रमितको संख्या १९९ जना रहेको साथै गाउपालिका भित्रका हरेक स्वास्थ्य चौकीबाट स्वाब संकलन गरि पि.सि.आर. गर्न पठाईरहेको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले जानकारी दिएका छन ।