कोटेश्वर भाटभटेनीमा डढेको अवस्थामा एक शव फेला, मृतक संख्या ७४ पुग्यो

काठमाडौं : कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव भेटिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार डढेको अवस्थामा शव भेटिएको जानकारी दिए। उनका अनुसार शव पूरै जलेको अवस्थामा भेटिएकाले तत्काल पहिचान हुन सकेको छैन।

mostbet

यससँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ। यसअघि ७३ जनाको मृत्यु भएको थियो।

यसअघि चुच्चेपाटीको भाटभटेनीमा डढेको अवस्थामा सात वटा शव फेला परेका थिए। अस्थिपञ्जरको रूपमा भेटिएका ती शव त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छन्। ती शवको पनि अहिलेसम्म पहिचान भएको छैन।